भरतपुरको चौबिसकोटीमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा आगलागी भएको छ । आज (सोमबार) बिहान करिब ७:३० बजेको समयमा आगलागी भएको हो।
आगलागी भएको लगभग एक घण्टा पछी नियन्त्रणमा आएको छ । भरतपुर महानगरपालिकाको २ वटा दमकल, खैरहनी नगरपालिकाको एक वटा दमकल, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीको टोलीले र स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।
आगलागीबाट राष्ट्रिय बाणिज्य बैंकको ग्राउण्ड फ्लोरमा पूर्ण रुपमा क्षती पुगेको छ । कोठामा रहेका कम्प्युटर लगायतका अन्य सामानहरु जलेर नष्ट भएका छन् । कोठामा रहेको एसीको तार सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । बैंकको महत्वपूर्ण कागजात,पैसाको लकर र सर्बर भने सुरक्षित रहेको छ ।