Breaking News :

चौविसकोठी देखि मालपोत चोक सम्मको क्षेत्रमा प्रदर्शन गरे कारबाही हुने

जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरको चौविसकोठीदेखि मालपोत चोक सम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । यो क्षेत्रमा प्रदर्शन तथा मानिसको जमघट निषेध गरिएको प्रहरीले जनाएको छ ।

चौविसकोठीदेखि मालपोत चोक सम्म अस्पताल र संवेदनशिल क्षेत्र रहेकोले सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै प्रहरीले निषेधित क्षेत्र घोषणा गरिएको चितवनका प्रहरी प्रमुख दान बहादुर मल्लले जानकारी दिए । यो क्षेत्रमा प्रदर्शनकारीले प्रदर्शन गरिरहदा उपचारको लागि आउने बिरामीहरुलाई समस्या पर्ने गरेको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको बारेमा अनुसन्धान गर्न चितवन प्रहरीले न्यूज २४ टिभीका ‘सिधाकुरा जनतासंग’ कार्यक्रमका प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई बिहीबार राती पक्राउ गरेपछि रवि लामिछाने पक्राउ परेको भन्दै उनका समर्थकहरुले शुक्रबारदेखी नै प्रहरी कार्यालय अगाडि  दिनदिनै प्रदर्शन गर्ने गरेका थिए।

merokhabarsathi

Read Previous

नारायणगढको लायन्सचोकमा रहेको एक मोबाइल पसलमा आगलागी

Read Next

भरतपुरको चौबिसकोटीमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा आगलागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *