नारायणगढको लायन्सचोकमा रहेको एक मोबाइल पसलमा आगलागी भएको छ ।
नारायणगढ लायन्सचोकको लायन्स भावनमा रहेको गुगल मोबाइल हबमा आज राती आगलागी भएको हो । राती करिब ९ बजेको समयमा आगलागी भएको स्थानियले जानकारी दिए । बिद्युतको तार सट भएर आगलागी हुँदा पसलमा पूर्ण रुपमा क्षती पुगेको छ ।
भरतपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानियले आग्नो नियन्त्रणमा लिएका छन् ।