पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा सहयोग पुर्याउन काठमाडौँबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टोली आज आइतबार चितवन आइपुगेको छ ।
अनुसन्धानमा थप सहयोग पुर्याउनका लागि ब्यूरोको टोली आज चितवन आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभएको छ । उहाँले काठमाडौँबाट आएको चार जनाको टोलीले जिल्लाको अनुसन्धान टोलीलाई प्राविधिकलगायतका विषयमा अनुसन्धानका लागि सहयोग गर्ने बताउनुभयो ।
टोलीले आजदेखि नै काम शुरु गर्ने बताइएको छ।