Breaking News :

पत्रकार पुडासैनीको पोष्टमार्टम रिपोर्ट आज चितवन आइपुग्यो

फाइल फोटो

चितवनको कंगारु होटलमा मृत अवस्थमा फेलापरेको पत्रकार शालिकराम पुडासैनीको पोष्टमार्टम रिपोर्ट आज (आइतवार) चितवन आइपुगेको छ ।

चितवनका प्रहरी प्रमुख (एसपी) दान बहादुर मल्लका अनुसार आज  पोष्टमाटम रिपोर्ट चितवन आइपुगेको हो, पोष्टमाटम रिपोर्ट आइपुगे पनि अध्ययन हुन बाँकी नै छ। यसअघि नै भिडियोको डिजिटल ल्याब रिपोर्ट भने चितवन आइसकेको थियो ।

यस्तै आजै पीडित परिवारले दिएको किटानी जाहेरीको पत्र पनि चितवन आइपुगेको मल्लले बताए । मल्लका अनुसार आज परिवारले महानगरिय प्रहरी परिसर काठमाडौं मार्फत रवि लामिछाने सहित पक्राउ परेका युवराज कँडेल र नर्स अस्मिता कार्की बिरुद्ध किटानी जाहेरी दिएका थिए । मृतककी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफै उपस्थित भएर उजुरी दिएकी हुन् । प्रहरीले घटनाका सम्बन्धमा गहिरो अनुसन्धान गरिरहेको जनाएको छ ।

घटनको दुई हप्तापछि किटानी जाहेरीसंगै घटनासंग सम्बन्धित प्रमाणहरु जुट्दै गएका हुन् ।

merokhabarsathi

Read Previous

के हो आत्महत्या दुरुत्साहन ? कहिले बाट लागु भयो त?

Read Next

कानुनी सर्वोच्चतालाई सम्मान गर्दै संयमित रहन सबैलाई आग्रह गर्दै पत्रकार र मानवअधिकारवादी

Leave a Reply

Your email address will not be published. Required fields are marked *