Breaking News :

कानुनी सर्वोच्चतालाई सम्मान गर्दै संयमित रहन सबैलाई आग्रह गर्दै पत्रकार र मानवअधिकारवादी

चितवनका पत्रकार र मानवअधिकारवादी संगठनले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको घटना न्यायिक प्रकृयामा रहेकाले घटनाको समर्थन या विरोधमा लाग्नुभन्दा कानुनी सर्वोच्चतालाई सम्मान गर्दै संयमित रहन सबै पक्षलाई आग्रह गरेका छन् ।

आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी अनुसन्धानमा कुनै पनि किसिमको दबाब नदिई स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा सहयोग पुर्याउन आम नागरिकलगायत सबै सम्बन्धित पक्षहरुसँग अपील गरिएको छ । संयुक्त विज्ञप्तिमा भनिएको छ– ‘उक्त घटनाको स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढङ्गले अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाई कानुनको परिपालना गर्न सरकारसँग हामी जोडदार माग गर्दछौँ ।’

संयुक्त विज्ञप्ति जारी गर्नेहरुमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, मानवअधिकार सञ्जाल चितवनका संयोजक राजेन्द्र पौडेल, मानवअधिकार संरक्षण मञ्चका केन्द्रीय सदस्य महेश न्यौपाने, राष्ट्रिय मानवअधिकार सरोकार केन्द्रका जिल्ला अध्यक्ष विश्वनाथ ओझा, इन्सेक चितवनका प्रतिनिधि दिपेन्द्र अधिकारी, मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियानका सहसचिव शान्ता अधिकारी, नेपाल मानवअधिकार संगठन चितवनका उपाध्यक्ष हरि अधिकारी र अधिवक्ता एवम् मानवअधिकारकर्मी बामदेव अधिकारी रहेका छन् ।

पत्रकार शालिकराम पुडासैनी २०७६ साउन २० गते चितवनको होटल कंगारुको कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए।

 

merokhabarsathi

Read Previous

पत्रकार पुडासैनीको पोष्टमार्टम रिपोर्ट आज चितवन आइपुग्यो

Read Next

पत्रकार पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा सहयोग पुर्‍याउन केन्द्रीय अनुसन्धान ब्यूरोको टोली चितवनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *