आजभन्दा ठिक एक वर्षअघि लागू भएको मुलुकी अपराध संहिताको दफा १८५ मा भनिएको छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।’
यदि कसैको गोपनीयता भंग गर्ने कुनै प्रमाण बटुलेर धम्की दिने, बार्गेनिङ गर्ने वा कुनै काम गरेर आत्महत्या गर्नुपर्ने स्थितिमा पुर्यायो भने त्यसलाई दुरुत्साहनको अभियोग लाग्दछ।
यस्तो कसुर गर्नेलाई ‘५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना’ हुने व्यवस्था छ । छिमेकी मुलुक भारतलगायत देशमा यस्तो व्यवस्था पहिलेदेखि नै छ ।नेपालमा भने यस्तो कानुन एक वर्षअघि मात्र बनेको हो।