Breaking News :

कसरी बाहिरियो शालिकरामको भिडियो? कसले सार्वजनिक गर्यो त भिडियो?

पत्रकार शालिकराम पुडासैनीले चितवनको एक होटलमा गरेको भनिएको आत्महत्यामा प्रहरीले चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।

लामिछानेलाई फसाउने षड्यन्त्र भइरहको भन्दै चितवन जिल्ला प्रशासन र प्रहरी कार्यालयअघि दिनहुँजसो हजारौँले प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको छ। एकथरी प्रहरीको अनुसन्धानलाई दबाबरहित  र प्रभावरहित बनाउनुपर्ने तर्क गर्दैछन् भने अर्काथरि जसरी पनि लामिछानेलाई फसाउने षड्यन्त्र भइरहेकाले निष्पक्ष अनुसन्धानमै प्रश्न गरिरहेका छन्।

तत्काल प्राप्त प्रमाणका आधारमा जोकोहीलाई पनि पक्राउ गरी प्रहरीले अनुसन्धान गर्न सक्छ। अनुसन्धानमा बलियो प्रमाण नभेटिए प्रहरी वा सरकारी वकिलको रोहबरमा छुट्न सक्ने कानुनी व्यवस्था पनि छ। यति हुँदाहुँदै पनि रविको पक्राउ र अनुसन्धानको किन विरोध भइरहेको छ त? शालिकराम, रविले सन्चालन गर्ने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका पूर्व सहकर्मी हुन्। शालिकराम दुई महिना अघिमात्र उक्त कार्यक्रम छाडेर  ललितपुरमा रहेको माउन्टेन टेलिभिजनमा आबद्ध भएका थिए।

 

 

merokhabarsathi

Read Previous

संघीय संसदमा उठ्यो आवाज: रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शन गैरकानुनी

Read Next

के हो आत्महत्या दुरुत्साहन ? कहिले बाट लागु भयो त?

Leave a Reply

Your email address will not be published. Required fields are marked *