Breaking News :

सरकारको उदारतालाई कमजोरीको रुपमा नलिन प्रधानमन्त्रीको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सरकार परिवर्तन हुने कुनै संभावना नरहेको बताएका छन् ।सरकारको उदारतालाई कमजोरीको रुपमा नलिन उनले चेतावनी पनि दिए । आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पद गुम्छ कि भनेर आफू नडराएको बताए ।

प्रधानमन्त्री ओलीले ‘मैले सुन्दैछु, प्रधानमन्त्री पद जाने भो भनेर  डराएर बसेको छ। यो गलत हो।  मैले पद नगएको कोही देखेको छैन। कुनै न कुनै दिन जान्छ। आगामी निर्वाचनपछि ओली आफैलाई पनि बस्‍न मन नभएको बताएका छन् ।

ओलीले पद गुम्छ कि भनेर आफू कहिल्यै नडराएको बताउँदै भने, ‘मलाई त्यो डर कहिल्यै भएन र छैन।  प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र जनताको शासन विरोधी क्रियाकलापहरु नगर्न चेतावनी दिए ।ओलीले राजतन्त्र फर्काउँछौं भन्‍नु बेमौसमको बाजा टिप्पणी गरे।

संविधान सम्ममत ढंगले चल्ने कुरामा संवैधनिक दायराभित्र चल्ने कुरामा यो सरकार अत्यन्त प्रशन्नतापूर्वक विरोध र आलोचनाको स्वागत गर्ने बताउँदै ओलीले भने, ‘तर सरकारको आलोचनामा नाममा प्रणाली उट्याउँछु भन्‍ने, प्रगतिगमन गर्छु भन्ने संविधान अस्वीकार गर्छु भन्ने कुरा अहिलेको सरकारलाई मान्‍ने हुनेछैन।’

merokhabarsathi

Read Previous

प्रहरी जवान प्रेमिकाको कोठामा मृत फेला

Read Next

संचारकर्मी रवि लामिछाने सहित तिनै जना बिरुद्द पुडासैनी परिवारले दियो किटानी जाहेरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *