प्रहरी जवान प्रेमिकाको कोठामा मृत फेला

महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी जवान एक महिलाको कोठामा मृत फेला परेका छन् ।

दार्चुला घर भई महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत २६ वर्षीय प्रहरी जवान शंकर ठगुन्ना महिलाको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले कोठामा सँगै बसेकी महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार ति महिलासँग प्रहरी जवान ठगुन्नाको प्रेम सम्बन्ध थियो ।

प्रेमिकासित विवाद भएपछि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरी नियन्त्रणमा रहेकी महिला विवाहित हुन्। तर उनका पतिले केही समय अगाडि छोडेर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन्।

merokhabarsathi

Read Previous

चितवनको सुरक्षा व्यवस्था आज देखि थप कडा पारिदै, २ सय प्रहरी फिल्डमा

Read Next

सरकारको उदारतालाई कमजोरीको रुपमा नलिन प्रधानमन्त्रीको चेतावनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *