चितवनको सुरक्षा व्यवस्था आज (आइतवार) देखि थप कडा पारिएको चितवन प्रहरीले जनाएको छ ।
चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार २ सय प्रहरी फिल्डका लागि तयारी अवस्थामा रहेको र बाँकी सुरक्षा फोर्स पनि तयारी अवस्थामा राखेको बताएका छन् । ‘हामीले अहिलेसम्म धैर्यता गुमाएका छैनौ,धैर्यता गुमाउनुपर्ने अवस्था आयो भने कसैलाई छाड्दैनौं ।’ शान्तीपूर्ण धर्ना गर्न पाउने अधिकार रहेपनि जुलुस निकाल्ने र होहल्ला गर्नेलाई नछाड्ने एसपी मल्लले बताएका छन्।
‘केही तत्वहरु घटनालाई थप उत्तेजित बनाउन खोजिरहेका छन्,उनले भने’,होटल पनि सर्च गर्छौ,संकास्पद लागे नियन्त्रणमा लिन्छौं ।’
पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको बारेमा अनुसन्धान गर्न चितवन प्रहरीले न्यूज २४ टिभीका ‘सिधाकुरा जनतासंग’ कार्यक्रमका प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई बिहीबार राती पक्राउ गरेपछि रवि लामिछाने पक्राउ परेको भन्दै उनका समर्थकहरुले शुक्रबारदेखी नै प्रहरी कार्यालय अगाडि दिनदिनै प्रदर्शन गर्न थालेका थिए।