Breaking News :

आजदेखी होहल्ला गर्ने जोकोहीलाई नियन्त्रणमा लिने चितवन प्रशासनको चेतावनी

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले अनुसन्धानलाई प्रभावित हुने गरी प्रहरी कार्यालय र अदालत अगाडि होहल्ला गर्ने सबैलाई नियन्त्रणमा लिने बताएका छन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको बारेमा अनुसन्धान गर्न चितवन प्रहरीले न्यूज २४ टिभीका ‘सिधाकुरा जनतासंग’ कार्यक्रमका प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई बिहीबार राती पक्राउ गरेपछि रवि लामिछाने पक्राउ परेको भन्दै उनका समर्थकहरुले शुक्रबारदेखी नै प्रहरी कार्यालय अगाडि  दिनदिनै प्रदर्शन गर्न थालेका छन्।

दिनदिनै प्रहरी कार्यालय अगाडि प्रदर्शन हुन थालेपछि सहायक प्रमुख जिल्ला अधिकारी पन्तले आजदेखी होहल्ला गर्ने जोकोहीलाई नियन्त्रणमा लिने बताएका हुन्। सहायक प्रजिअ पन्तले भने–‘दुई दिनसम्म घटना बुझ्छन् भनेर केही खुकुलो पारेका थियौं, आजदेखी पुरा कडाई गर्छौ। उनले जिल्लालाई अशान्त बनाउनेलाई नछोड्ने बताएका छन्। उनले भने–‘आजदेखी होहल्ला गर्ने जो कोही होउन, सबैलाई नियन्त्रणमा लिएर कारवाही गछौं ।’ उनले शान्तिपूर्ण आन्दोलनलाई सामान्य रुपमा लिने जथाभावी नाराबाजी गर्नेलाई नियन्त्रणमा लिइने बताए।

 

merokhabarsathi

Read Previous

चितवनमा करेन्ट लागेर १ जनाको मृत्यु

Read Next

चितवनको सुरक्षा व्यवस्था आज देखि थप कडा पारिदै, २ सय प्रहरी फिल्डमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *