Breaking News :

चितवनमा करेन्ट लागेर १ जनाको मृत्यु

भरतपुर महानगरपालिका–११, अमनचोकमा शनिबार साँझ करेन्ट लागेर १ जनाको ज्यान गएको छ ।

पर्सा पोखरीया नगरपालिका–३ स्थायी घर भएका ३१ वर्षीय अनरजित मुखियाको करेन्ट लागेर ज्यान गएको हाे ।

प्रहरीका अनुसार पानी तान्ने मोटरबाट चुहिएको करेन्ट लागेर मुखिया घाइते भएका थिए । घाइते उनलाई भरतपुर अस्पताल लगिएकोमा त्यही उपचारका क्रममा मृत्यु भएको हो ।

 

merokhabarsathi

Read Previous

सिडियो, एसपी र लामिछानेसंग छाँया सरकारका गृहमन्त्री सहित कांग्रेस चितवनका नेताको भेट

Read Next

आजदेखी होहल्ला गर्ने जोकोहीलाई नियन्त्रणमा लिने चितवन प्रशासनको चेतावनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *