Breaking News :

बाटो विराएर मानव बस्तीमा पसेको  गैंडाको उद्धार

फाइल फाेटाे

चितवनको भरतपुरमा बाटो विराएर मानव बस्तीमा पसेको  गैंडाको उद्धार गरेको छ ।

भरतपुर वडा नम्बर ९ स्थित वसपार्क पछाडि शनिबार बिहान ४:३० बजे मर्निङगवाकमा हिडेका स्थानियले टोलमा गैंडा आएको थाहा पाएर प्रहरीलाई खबर गरेका थिए।

चितवन राष्ट्रिय निकृञ्जबाट बिहान नौं बजे आएका छ वटा हात्ती र ३० जना टोलीको सहायताले दिउंसो दुई बजे मात्र गैंडालाई नियन्त्रणमा लिन सकेको हो।गैंडालाई सुईले लठ्याएर खोर भित्र हालिएको हो ।

प्रहरीका अनुसार गैंडाले टोलबासीलाई कुनै क्षती पुर्‍याएको छैन । २३ वर्षको भाले गैंडा निकुञ्जबाट बाटो भुलेर बस्ती पसेको हो । निकुञ्ज कार्यालय,जिल्ला वन कार्यालय, सामुदायिक वन र नेपाली सेनाको सहयोगमा गैंडालाई उद्धार गरी तमोर ताल क्षेत्रमा लगी छोडिएको छ ।

merokhabarsathi

Read Previous

Breaking News : रबि समर्थक र प्रहरी बीच आज पनि झडप, अश्रुग्याँस प्रहार !

Read Next

सिडियो, एसपी र लामिछानेसंग छाँया सरकारका गृहमन्त्री सहित कांग्रेस चितवनका नेताको भेट

Leave a Reply

Your email address will not be published. Required fields are marked *