Breaking News :

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा आज शनिबार निधन भएको छ । निमोनियाबाट पीडित रहेकी उनको डल्लुस्थित आफ्नै घरमा निधन भएको हो ।

करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका चलचित्रमा चिनो, कन्यादान, भाउजु लगायते चर्चित छन् । उनले नाटक गीतिनाटक, टेलिफिल्म र भिडियो फिल्ममा पनि काम गरेकी छन् ।

पारिवारिक स्रोतका अनुसार अधिकारीलाई केही दिनअघि अस्पतालबाट डिस्चार्ज गरेर घरमा ल्याइएको थियो ।

merokhabarsathi

Read Previous

भरतपुरमा आज पनि बिहानै देखि तनावग्रस्त

Read Next

Breaking News : रबि समर्थक र प्रहरी बीच आज पनि झडप, अश्रुग्याँस प्रहार !

Leave a Reply

Your email address will not be published. Required fields are marked *