Breaking News :

ससुराली गएर श्रीमती र सासूमाथि खुकुरी प्रहार

पाँचथरको कुम्मायक गाउँपालिका–१ पेनधारास्थित एक व्यक्तिले श्रीमती र सासूमाथि खुकुरी प्रहार गरेका छन् । झा0पा जिल्ला दमक नगरपालिका–२ मिलडाँडाका जीवन दर्नालले सासू र श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलका अनुसार जीवनको खुकुरी प्रहारबाट उनकी श्रीमती २० वर्षकी सीता दमाई र सासू ५० वर्षकी भीमकला दमाई घाइते भएका छन् ।

माइतबाट घर लैजान आएका दर्नालले श्रीमती घर जान नमानेपछि खुकरी प्रहार गरेको पौडेलले जानकारी दिए । पाँच दिन अगाडि श्रीमती लिन दर्लान ससुराली आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

खुकुरी प्रहारबाट भीमकलाको बायाँ हात, बायाँ गालामा र सीताको बायाँ हातमा गम्भीर चोट लागेको उनको भनाइ छ । सीताको अवस्था गम्भीर रहेको पौडेले जानकारी दिए । घाइते दुवैको जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि झापा पठाइएको उनले बताए ।

खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर दर्नाल फरार भएको पौडेलले बताए । फरार दर्नालको खोजी कार्य भइरहेको उनको भनाइ छ।रासस

merokhabarsathi

Read Previous

Flash News : रवि लामिछानेका समर्थक र प्रहरी विच झडप,१० राउण्ड अश्रुग्याँस प्रहार

Read Next

दिउँसो आंशिक देखि सामान्य बदली,केही स्थानमा मेघगर्जन र चट्टयाङ्सहित वर्षा

Leave a Reply

Your email address will not be published. Required fields are marked *