Flash News : रवि लामिछानेका समर्थक र प्रहरी विच झडप,१० राउण्ड अश्रुग्याँस प्रहार

जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रर्दशनमा उत्रिएका रवि लामिछानेका समर्थक र प्रहरी विच झडप भएको छ ।

रवि लामिछानेका समर्थकले कार्यालयमै ढुङ्गामुडा गरेपछि प्रहरीले १० राउण्ड अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । रवि लामिछानेका समर्थकले टेण्ट टाँगेर जिप्रका अगाडिनै बस्ने प्रयास गरेका थिए । प्रहरी र प्रर्दशनकारी बीच झडप हुदा ५  जना प्रहरी घाइते भएका छन्। प्रर्दशनकारी तर्फको विवरण प्राप्त भएको छैन् ।

साँझसम्म दर्जनौको सङख्यामा प्रर्दशनकारीले जिप्रका अगाडिको परिसर छाडेका थिएनन् । समर्थकले दिनभर प्रर्दशन गरेका छन् ।

merokhabarsathi

Read Previous

Flash News : पुडासैनी आत्महत्या प्रकरणमा चितवन अदालतद्धारा पाँच दिनको म्याद थप

Read Next

ससुराली गएर श्रीमती र सासूमाथि खुकुरी प्रहार

Leave a Reply

Your email address will not be published. Required fields are marked *