Breaking News :

रविको समर्थनमा जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी

पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ गरिएका टेलिभिजन प्रस्तोता रवि लामिछानको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि उनका समर्थकहरुले नाराबाजी थालेका छन् ।

पुडासैनीको आत्महत्या प्रकरणमा न्युज २४ टेलिभिजनमा कार्यरत लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई काठमाडौँबाट पक्राउ गरेर बिहीबार मध्यराति चितवन लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेसहित तीनैजनालाई आज अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ। तर रविलाई षडयन्त्रपूर्वक फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले निर्सत रिहाइको माग गर्दै नाराबाजी गरिरहेका हुन् ।

merokhabarsathi

Read Previous

रवि लामिछाने सहित तिनै जनालाई चितवन ल्याइने

Read Next

Flash News : पुडासैनी आत्महत्या प्रकरणमा चितवन अदालतद्धारा पाँच दिनको म्याद थप

Leave a Reply

Your email address will not be published. Required fields are marked *