पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ।
महासंघले बिहीबार विज्ञप्ति प्रकासित गरी पुडासैनीको निधन र त्यसपछि विकसित घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘पत्रकार पुडासैनीले आफ्नो मृत्युको कारक भन्दै न्यूज २४ टेलिभिजनबाट प्रसारित जनतासंग सिधा कुरा कार्यक्रमका प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको नाम उल्लेख गरेको भिडियो विभिन्न संचार माध्यमबाट सार्वजनिक भएसंगै महासंघले उक्त प्रकरणमा निपष्क्ष ढंगले छानबिन गर्न सम्बन्धित निकायमा आग्रह गरेको छ।’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघ यस घटनाको सत्य तथ्य अनुसन्धान गरि दोषीमाथि कडा कानूनी कारबाही गर्न सरकारसँग माग गर्दछ।’
लामो समयसम्म न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा आवद्ध पुडासैनी दुई महिना अघि माउन्टेन टेलिभिजनमा गएका थिए। उनी साउन २० गते चितवनको होटल कंगारुमा मृत अवस्थामा भेटिएका थिए।