Breaking News :

पत्रकार पुडासैनी प्रकरण:-चर्चित संचारकर्मी रवि लामिछाने पक्राउ

चर्चित संचारकर्मी रवि लामिछाने पक्राउ परेका छन् । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रवि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएपछि सोधपुछका लागि भन्दै लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार लामिछानेलाई पानीपोखरीमा रहेको टेलिभिजन कार्यालयबाटै पक्राउ गरिएको हो ।उनीसँग युवराज कँडेल पनि पक्राउ परेको प्रहरीले जनाएको छ । चितवन प्रहरीले काठमाडौं प्रहरीसँग समन्वय गरी पक्राउ गरेको जनाएको छ ।

यसअघि उक्त भिडियोमा नाम जोडिएपछि अस्मिता कार्कीलाई पनि पक्राउ गरिएको थियो । कार्कीलाई यसअघि बिहीबार दिउँसो त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरिएको थियो ।

merokhabarsathi

Read Previous

पत्रकार पुडासैनी प्रकरण:-अस्मिता कार्की पक्राउ

Read Next

पत्रकार पुडासैनी मृत्यु प्रकरण: निष्पक्ष छानबिन गर्न नेपाल पत्रकार महासंघको माग(विज्ञप्ति सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *