Breaking News :

पत्रकार पुडासैनी प्रकरण:-अस्मिता कार्की पक्राउ

पत्रकार शालिकराम पुडासैनी प्रकरणमा प्रहरीले रुकु भन्ने अस्मिता कार्कीलाई पक्राउ गरेको छ ।  नर्ससमेत रहेकी कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट बिहीबार पक्राउ गरेको हो।

अस्मितालाई जिल्ला प्रहरी कार्यालय चितवनको महिला प्रहरीको टोलीले पक्राउ गरी भरतपुर लगेको हो। कार्की पक्राउ परेसँगै प्रहरीले रवि र युवराजमाथि पनि निगरानी बढाएको छ। स्रोतका अनुसार अस्मितालाई रविकै समूहका सदस्यले नियन्त्रणमा राखेका थिए। रविसहितको समूहको नियन्त्रणमा रहेकी अस्मितासँग लाइभ अन्तरवार्ताको तयारी गर्दा गर्दै प्रहरीले पक्राउ गरी लगेको हो। महिला प्रहरीसहितको टोलीले उनलाई पक्राउ गरेर चितवन लगिसकेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान मल्लले पुडासैनी हत्या प्रकरणको अनुसन्धान अघि बढिसकेकाले रवि र युवराज पनि प्रहरीको निगरानीमा रहेको बताएका छन्। ‘हाम्रो अनुसन्धान अघि बढिसकेको छ, पुडासैनीले नाम लिएका तीनैजना पक्राउ पर्छन्, यसमा कुनै सन्देह छैन’, मल्लले भने, ‘पुडासैनीको मोबाइल र त्यसमा रहेका अडियो भिडियो ल्याव परीक्षणपछि बिहीबारै चितवन पुगेपछि अनुसन्धानले अझै तीव्रता पाउँछ। हामी यसमा कुनै कमजोरी नगरी अनुसन्धान गर्छौ। कसैको दबाब या प्रभाव परेर प्रहरीले कारवाही रोक्दैन।’

आत्महत्या गर्नुअघि शालिकरामले खिचेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको कुरा उल्लेख गरेका थिए।  पत्रकार पुडासैनीको शव भरतपुरस्थित कंगारु होटलमा गत २० गते फेला परेपको थियो।

merokhabarsathi

Read Previous

राष्ट्रिय सम्मानका साथ मदनमणि दीक्षितको अन्त्येष्टि

Read Next

पत्रकार पुडासैनी प्रकरण:-चर्चित संचारकर्मी रवि लामिछाने पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *