अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
वरिष्ठ साहित्यकार स्व. मदनमणि दीक्षितको पशुपति आर्यघाटमा बिहीबार अपराह्न राष्ट्रिय सम्मानका साथ अन्येष्टि गरिएको छ । नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो । स्व. दीक्षितलाई उनका छोरा विनोदले दागबत्ती दिएका हुन्।
उनीप्रति श्रद्धाञ्जलि दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेल, नेता वामदेव गौतम, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायत आर्यघाट गएका थिए ।
यसअघि, उनको शव श्रद्धाञ्जलिका लागि उनको निवास कालिकास्थानमा राखिएको थियो ।
निवासमा श्रद्धाञ्जलि व्यक्त गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पुगेका थिए ।
निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो ।
निवासमा शौचालय जाँदा बेहोस भएका ९७ वर्षीय दीक्षितलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।