Breaking News :

आज दोस्रो विश्व संस्कृत दिवस

संस्कृत भाषामा रचना भएका ग्रन्थमा रहेका ज्ञान प्रसारमा सहयोग पुर्‍याउने उद्देश्यले दोस्रो विश्व संस्कृत दिवस बिहीबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

गत वर्षदेखि जरो किलो प्रतिष्ठान नेपालले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन विश्व संस्कृत दिवस मनाउन थालेको हो ।

संस्कृत भाषाको सम्वर्द्धन तथा प्रवर्द्धनका लागि विश्व संस्कृत दिवस मनाउन लागिएको कार्यक्रम संयोजक डा. गोविन्दशरण उपाध्यायले जानकारी दिए ।

जनै पूर्णिमा, ऋषितर्पणी तथा रक्षा बन्धनको अवसर पारेर साउन ३० गते बिहीबार प्रतिष्ठानको कार्यालय जमलमा दोस्रो विश्व संकृत दिवस मनाउन लागिएको उनले बताए ।

merokhabarsathi

Read Previous

यस्तो छ जनैपूर्णिमाको पौराणिक कथा

Read Next

पत्रकार पुडासैनी मृत्यु प्रकरण: पाेष्टमार्टम रिपाेर्ट र फरेन्सिक रिपाेर्ट आएपछि प्रहरीले ‘एक्सन’ लिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *