Breaking News :

भिटो एजुकेशनद्धारा अरुणोदय माविमा डस्टबिन बितरण

चितवन, साउन २९ । भिटो एजुकेशन कन्सल्टेसी नारायणगढले अरुणोदय माविमा डस्टबिन वितरण गरेको छ । कन्सल्टेसीले गीतानगरको अरुणोदय माविमा सरसफाई तथा जनचेतनामुलक कार्यक्रम सहित डस्टबिन बितरण गरेको हो । समुदायमा आधारित कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई डस्टविन बितरण गरिएको भिटो एजुकेशन कन्सल्टेन्सी नारायणगढका प्रबन्धक सरोज कोईरालाले वताए । भिटोले सामाजिक उत्तरदायित्व अन्तरगत निरन्तर रुपमा सामाजिक कन्याणका क्षेत्रमा समेत काम गदै आएको छ । कोईरालाले आगामी दिनमा समेत समुदायमा आधारित कार्यक्रमलाई निरन्तरता दिने जनाए । वडा नम्बर ६ का वडा सदस्य देवमित्र पण्डित, विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष रामचन्द्र आचार्य, भिटो एजुकेशन कन्सल्टेन्सि नारायणगढका प्रबन्धक सरोज कोईराला लगायतको उपस्थितीमा कार्यक्रम भएको हो ।

merokhabarsathi

Read Previous

राष्ट्रिय सरोकार समितिको सरकारलाई निजगढ विमानस्थलका बिषयमा गम्भीर बन्न सुझाब

Read Next

आज जनैपूर्णिमा अर्थात् रक्षाबन्धन, देशभर मनाइदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *