भरतपुर, साउन २८ । निर्माणाधिन निजगढ बिमानस्थलका सम्बन्धमा राष्ट्रिय सरोकार तथा समन्वय समितिमा छलफल भएको छ । समितिको आजको बैठकमा नव नियुक्त पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई बिमानस्थल निर्माणको कार्यप्रगतिको जानकारी गराइएको समितिका सभापति पार्वती रावलले बताउनुभयो। उनका अनुसार नेपालको दोश्रो अन्तराष्ट्रिय विमानस्थल निजगढ विमानस्थलको सम्बन्धमा समितिको प्रतिबेदन, निर्माण समस्या र चुनौती एवं प्राप्त उपलब्धिका बारेमा मन्त्री भट्टराई लाई जानकारी गराइएको हो । आयोजनाको मोडेलका सम्बन्धमा तत्काल मन्त्री परिषदबाट नै निर्णय गर्न मन्त्रालयलाई सुझाइएको रावलले जानकारी दिनुभएको छ।
हालसम्मका प्रतिवेदनका आधारमा कुन मोडल बाट बनाउने हो तत्काल निर्णय गर्न मन्त्री भट्टराईलाइ सुझाव दिएको हो । विमानस्थल निर्माणका सम्बन्धमा देखिएको विवादलाइ समाधान गरि बन मन्त्रालय संग सहकार्य र समन्वय गर्न, बस्ती स्थानान्तरण लगाएत महत्वपूर्ण विषयमा सरकारलाई सुझाव दिइएको हो ।