Breaking News :

धादिङ बस दुर्घटनामा बेपत्ताको खोजीका लागि ४ जिल्लासँग आग्रह

पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा भएको बस दुर्घटनामा परी बेपत्ता यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय, धादिङले छिमेकी चार जिल्लासँग आग्रह गरेको छ । बस दुर्घटनाको ५ दिनसम्म पनि बेपत्ता यात्रु नभेटिएपछि प्रशासनले अन्य ४ जिल्लासँग सहयोग मागेको हो ।

सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नंको बस शुक्रबार दुर्घटना भएकाे थियाे । दुर्घटनामा हालसम्म ११ जनाको मृत्यु भइसकेको छ भने अन्य १९ यात्रु हराइरहेको अनुमान गरिएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले बेपत्ताको खोजीका लागि जिल्ला प्रशासन कार्यालय गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँसँग अनुरोध गरेका हुन्।

 

merokhabarsathi

Read Previous

चितवनका पत्रकार बराल माथि घरमै घुसेर आक्रमण

Read Next

पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्न राष्ट्रिय सरोकार समितिको सुझाब

Leave a Reply

Your email address will not be published. Required fields are marked *