चितवनका पत्रकार सुर्य बराल माथि आक्रमण भएको छ । भण्डाफोर अभियान साप्ताहिकका प्रधान सम्पादक सुर्य बराल माथी सोमबार दिनदहाडै आक्रमण भएको हो ।
भरतपुर महानगरपालिका-३ नारायणी दोभान मा रहेको घरमै आएर अज्ञात समुहले आफुलाई आक्रमण गरेको बरालले बताए । सोमबार अपरान्ह ४:३० बजे घरमै आएर सुर्य बराल भनेको तपाई नै होइन भन्दै आक्रमण गरेको उनले बताए । ‘हिजो बेलुका ४ः ३० बजे म माथी केही गुण्डाहरुले आक्रमण गरे, त्यो पनि नाम सोधेर घरमै घुसेर – उनले भने ।’ उनले समाचारकै कारण आफु माथि आक्रमण भएको हुन सक्ने बताए ।
आक्रमण बाट बरालको घाटी, छाती र हातमा चोट लागेको छ । आफुलाई आक्रमण गर्ने गुण्डाहरुलाई पर्दाभित्रबाट अरु गुण्डाहरुले परिचालन गरेको उनको भनाई छ ।