सहायक वन अधिकृत तीन लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले रु तीन लाख घुससहित एक सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएको छ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाबाट सब–डिभिजन कार्यालय बीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डीसीलाई आइतबार अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। अधिकृत डिसीलाई तीन लाखसहित नियन्त्रणमा लिइएको हो।

विशेष सूचनाका आधार आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले आरोपित डीसीबाट रु तीन लाख २६ हजार रकम बरामद गरिएको आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए।

ठेकेदारलाई काठ मिलाइदिने भन्दै डीसीले ती ठेकेदारबाट पाँच लाख ४५ हजार बैंकमा हाल्न भनेपछि उक्त रकम ठेकेदारले जम्मा गरेको विष्टले बताए। उनले भने, ‘अरू पैसा निकालेर यताउता पारिसकिएको रहेछ।’ अख्तियारको टोलीले रु तीन लाख २६ हजार मात्रै बरामद गरेको सूचना अधिकारी विष्टले जानकारी दिए।

उनका अनुसार प्रहरी नायब उपरीक्षकको नेतृत्वमा गएको टोलीले नगदसहित डीसीलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका डीसीलाई राति नै महेन्द्रनगर ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। रासस

merokhabarsathi

Read Previous

आज इद मनाइँदै, प्रदेश २ र ५ मा सार्वजनिक बिदा

Read Next

चितवनमा दुई सयभन्दा बढी सिसी क्यामरा जडान हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *