नेपाल विध्यार्थी संघ श्री मेडिकल एण्ड टेक्निकल कलेज इकाइ समितिले गोंद्रांगमा रहेको हाम्रो टोल वरीपरी डस्टविन राखेको छ । बिद्यार्थीका हरेक आन्दोलन मार्फत देशका फोहोर कसिङ्गर लाई सफा गर्ने गरेको ने बि संघ अन्तर्गत नेपाल बिद्यार्थी संघ श्री मेडिकल एण्ड टेक्निकल कलेज इकाइ समितिले आईतबार टोलमा सरसफाइका निमित्त फोहर मलाइ को डस्बिन राख्ने कार्य सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा बोल्दै इकाइ सभापति ओमकार सापकोटाले कलेज इकाइले आज सम्म बिद्यार्थी हक हितका निमित्त गरेका कार्यहरु सम्बन्धन शुल्क हटाउने , पुस्तकालयको सुधार , प्रयोगशालाको सुधार , परिक्षा प्रणालीको सुधार बिद्यार्थीका विभिन्न शुल्कमा न्युनिकरणका निमित्त इकाइले विद्यार्थीहरुलाई उग्र रुपमा उचालेर नभई आन्तरिक बैचारिक हिसाबले मागलाइ सम्पन्न गरेको प्रष्ट पार्दै कार्यक्रममा डस्टविन सहयोग गर्ने एभिन्यु कन्सलटेन्सीका सन्चालक एवं ने वि संघ बालकुमारीका कार्यवाहक अध्यक्ष कपिल अधिकारीलाई विशेष धन्यवाद दिनुभयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेस जिल्ला सचिब उत्तम जोशी , बिशिस्ट अतिथी महाधिवेशन प्रतिनिधि प्रकाश अधिकारी , दिब्यमणी सापकोटा , जिल्ला सदस्य एवं ट्रेड युनियन कांग्रेसका जिल्ला संयोजक गणेश पौडेल , ने बि संघ निबर्तमान उपाध्यक्ष निलकण्ठ रिजाल , हाम्रो टोलबिकास समितिका अध्यक्ष कृष्ण प्रसाद न्यौपाने लगायत विभिन्न कलेजका इकाइ सभापति पुर्व इकाइ सभापति , जिल्ला नेताहरु, पोखरा बिश्वबिद्धालयका उपाध्यक्ष ,प्राबिधिक विद्यार्थी परिषद्का कार्यवाहक अध्यक्ष , लगायत टोलबासिको सहभागीता रहेको थियो । कार्यक्रम इकाइ सचिब श्रीशब देवकोटाले संचालन गर्नुभएको हो ।