अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
चितवनको रामपुरमा बन्न लागेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि उद्योग वाणिज्य संघ माडीले रु १ लाख ११ हजार १ सय ११ रुपैया रकम सहयोग गर्ने घोषणा गरेको छ।
आज माडीमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण सहयोगार्थ माडी नगरपालिकाद्वारा आयोजित एक कार्यक्रमका बीच उद्योग वाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्यले सो रकम सहयोग गर्ने बताउनुभएको थियो ।
यसैबीच माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले रंगशाला निर्माणका लागि आधा महिनाको तलब प्रदान गर्ने घोषणा गर्नुभएको छ ।त्यसैगरी उहाँले आफ्ना जीवनसंगिनी गंगादेवी ढकालका तर्फबाट रु ५ हजार सहयोग स्वरुप उपलब्ध गराउने पनि जानकारी दिनुभयो। कार्यक्रममा सम्बोधन गर्दै धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस)ले चितवनमा बन्न लागेको क्रिकेट रंगशाला माडी सहित चितवनको गौरवको विषय भएको भन्दै खुसि ब्यक्त गर्नुभयो ।नेपाली मौलिकता झल्कने रंगशाला निर्माण गरिने बताउदै उहाले रंगशाला निर्माणको डिपिआरको काम दशै सम्ममा सकिने दाबी गर्नुभयो।
कार्यक्रमको अध्यक्ष्यता ग्रहण गर्नुभएको माडी नगरपालिकाका नगरप्रमुख ठाकुरप्रसाद ढकालले रंगशाला निर्माणका लागि माडी नगरपालिकाले सक्दो सहयोग गर्ने र आम माडीबासीलाई समेत सहयोग गर्न अनुरोध गर्नुभयो ।