Breaking News :

नेवा पत्रकार राष्ट्रिय दबु चितवनको अध्यक्षमा कमलमान श्रेष्ठ

नेवा पत्रकार राष्ट्रिय दबु चितवनको अध्यक्षमा कमलमान श्रेष्ठ चयन भएका छन् । नेवा पत्रकार चितवनको आइतबार सम्पन्न तेस्रो साधारणसभा तथा पहिलो अधिबेसनले श्रेष्ठलाई निर्विरोध रुपमा अध्यक्षतामा १३ सदस्सीय नयाँ कार्यसमिती चयन गरेको हो ।

कार्यसमितीको उपाध्यक्षमा सन्त कुमार श्रेष्ठ, सचिवमा सृजना ताम्राकार, सह सचिवमा राजेन्द्र श्रेष्ठ तथा कोषाध्यक्षमा राजु श्रेष्ठ चयन भएका छन् । यस्तै कार्यसमिती सदस्यहरुमा मनिषा श्रेष्ठ, उमेश श्रेष्ठ, निशा श्रेष्ठ, साया प्रधान, बिनोद श्रेष्ठ ‘ए’ र बिनोद श्रेष्ठ ‘बी’ चयन भएका छन् ।केन्द्रिय पार्षदमा कमलमान श्रेष्ठ, सन्दिप कुमार श्रेष्ठ, सुनिल कुमार श्रेष्ठ, अनुज जोशी, बिनोद श्रेष्ठ ‘ए’, दिनेश श्रेष्ठ,सृजना ताम्राकार, निशा श्रेष्ठ,मनिशा श्रेष्ठ र सुबोध श्रेष्ठ रहेका छन् भने सल्लाहकारहरुमा अमरदेव प्रधान, ईश्वर जोशी, सन्दिप कुमार श्रेष्ठ दिनेश श्रेष्ठ र सुबोध श्रेष्ठ रहेका छन् ।

त्यस अघी पहिलो शत्रको कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेवा पत्रकार राष्ट्रिय दबुका केन्द्रिय अध्यक्ष श्री कृष्ण महर्जनले मफोसलमा चितवन शाखाले उत्कृष्ट काम गर्दै आईरहेको बताए । उनले नेवा पत्रकार राष्ट्रिय दबुको देशभर रहेका २२ वटा शाखा मध्य चितवन शाखाले आफुलाई उत्कृष्ट शाखाको रुपमा परिचित गराएको बताए । उनेले केन्द्रले समन्वय नगर्दा पनि चितवनले नेवा पत्रकार राष्ट्रिय दबु गठन गरेको स्मरण गर्दै उनले यसले सबैलाई उदाहरण प्रस्तुत गरेको बताए ।

‘केन्द्र सँग समन्वय नहुँदा नहुँदै पनि चितवनले शाखा गठन गरेर उदाहरणिय काम गरेको थियो उनके भने, यसले अन्य जिल्लामा सकारात्मक सन्देश गयो र उनीहरु पनि शाखा गठन गर्न उत्प्रेरित भए ।’ उनले अहिले देशभर २२ जिल्लामा शाखा रहेको बताउदै महाधिबेशन अघी कम्तीमा ३० वटा जिल्लामा शाखा बिस्तार गरिने जानकारी दिए । यस्तै उनले अहिले देशभर ३०० जना नेवा पत्रकार राष्ट्रिय दबुमा आबद्द रहेकोमा आगामी महाधिबेशन सम्म यसलाई पनि बढाईने जानकारी दिए ।

महर्जनले खस नेपाली भाषा तथा मातृ भाषालाई पनि संचारमाध्यमहरुले प्राथमिकता दिनु पर्ने तथा यसमा पत्रकारिता गर्नेहरुलाई पनि बिशेष स्थान दिईनु पर्ने बताए । यसो गर्न सके मात्र भाषिक समाबेशिता हुने उनको भनाई थियो । यस्तै संबिधानमा कुनै पनि बेला अङ्कुस लगाउने प्रावधान छ भनेर २ बर्ष अघी नै नेवा पत्रकारले भनेको उनले बताए । उनले अहिले आश्वासन देखाए पनि भोली कुनै पनि दिन फेरी पत्रकारिता माथि अङकुस लाग्न सक्ने भन्दै सचेत गराए । चितवनको नयाँ कार्यसमितीलाई बधाई दिदै श्रेष्ठले भोली केन्द्रमै नेतृत्व गर्न सक्ने क्षेमतावान पत्रकार उत्पादन गर्न शुभकामना समेत दिएका छन् ।

पत्रकार महासंघकी केन्द्रिय सदस्य श्रीजना अर्यालले पछील्लो समय पत्रकारहरु आचारसंहिता बिपरित गईरहेको भन्दै यसलाई सुधार गर्नु पर्ने जरुरी रहेको बताईन् । कार्यक्रममा नेवा पत्रकार राष्ट्रिय बदुका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठ, पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, फोनिजका केन्द्रिय सदस्य राजु चौधरी, नेवा पत्रकार राष्ट्रिय बदुका केन्द्रिय सदस्य उत्तम श्रेष्ठ, सन्दिप कुमार श्रेष्ठ, नेवा पुच चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्य लगायतले मन्तब्य राखेका थिए । नेवा पत्रकार राष्ट्रिय बदु चितवनका निवर्तमान उपाध्यक्ष दिनेश श्रेष्ठले स्वागत मन्तब्य राखेको कार्यक्रम अध्यक्ष कमलमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

merokhabarsathi

Read Previous

देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि

Read Next

अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि उद्योग वाणिज्य संघ माडीको रु १ लाख ११ हजार सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *