तीनदिन देखि हराईरहेकी महिलाको शिवघाटमा शव फेला

भरतपुर महानगरपालिका-१६ मा बिहीबार देखि  हराईरहेकी एक महिला आज बिहान मृत अवस्थामा फेला परेकी छन ।

भरतपुर महानगरपालिका वडा नम्बर १६ ब्रम्हपुर पुष्पकमल टोलमा बसोबास गर्दै आएकी कृष्णमाया तामाङ्ग को शब फेला परेको हो। उनी तीन दिन अघि माछा मार्न जान्छु भनी घरबाट हिड्ने क्रममा बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ। शिवघाट स्थित नारायणी नदी किनारमा उनको शव  फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उनको शबलाई परीक्षणको लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

merokhabarsathi

Read Previous

बालुवा झिक्न खनेको खाल्टोमा परेर दुई जनाको मृत्यु,स्थानीय द्वारा डोजरमा आगजनी

Read Next

देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि

Leave a Reply

Your email address will not be published. Required fields are marked *