प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि माडीमा आएको १८ लाख मध्ये १७ लाखको मात्रै काम भयो

जिबन रानाभाट,चितवन।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि माडीमा आएको १८ लाख रुपैया मध्ये १७ लाख रुपैयाको काम भएको छ भने १ लाख फ्रिज भएको छ।सो कार्यक्रम अन्तर्गत माडी नगरपालिकाले यो आर्थिक बर्षमा १४५ जनालाई रोजगार प्रदान गरेको छ ।

माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले कामको खोजिमा भौतारिनु पर्ने अबस्थाको अन्त्य भएको भन्दै काम गर्ने र रोजगार बन्ने समय आएको बताउनुभयो ।विदेशमा युवा पलायन रोक्न र स्वदेशमा रोजगारी सृजना गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको भन्दै उहाले श्रममा विश्वास गर्नेहरुका लागि यो उपयुक्त अबसर भएको बताउनुभयो ।

यस बर्ष माडी नगरपालिकामा ११ सय ६८ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आवेदन फारम भरेका थिए जसमा महिलाको संख्या अधिक रहेको थियो। यस आर्थिक बर्षमा रोजगार प्राप्त गर्ने १४५ जनाले दैनिक ६०० रुपैयाँको दरले पारिश्रमिक प्राप्त गरेको बताइएको छ ।

merokhabarsathi

Read Previous

माडी नगरपालिकाले पशुपंक्षी तथा कृषि विमामा अनुदान दिदै

Read Next

बालुवा झिक्न खनेको खाल्टोमा परेर दुई जनाको मृत्यु,स्थानीय द्वारा डोजरमा आगजनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *