Breaking News :

माडी नगरपालिकाले पशुपंक्षी तथा कृषि विमामा अनुदान दिदै

जिबन रानाभाट,चितवन।

चितवनको माडी नगरपालिकाले पशुपंक्षी तथा कृषि विमामा अनुदान दिइरहेको छ ।माडीका किसानहरुले पशुपंक्षीको तथा कृषि विमा गराउदा २० प्रतिशत अनुदान प्राप्त गर्ने माडी नगरपालिकाका सूचना अधिकारी प्रविन भण्डारीले जानकारी दिनुभयो ।

उहाका अनुसार अहिले सम्म माडीमा १८६ जनाले अनुदान प्राप्त गरि विमा गराएका छन् ।”विमा जोखिम व्यवस्थापनको औजार हो:-भण्डारीले भन्नुभयो:- यसले सम्भावित जोखिमबाट हुन सक्ने क्षति कम गराउने भएकाले यस तर्फ किसानहरु बिस्तारै आकर्षित हुदै छन्।”बालीनालीमा लाग्ने किरा, अतिबृष्टि, खडेरी, बाढी आदिको जोखिम तथा पशुहरुमा लाग्ने रोग, बाघ भालुको डर आदिको जोखिम विरुद्ध गरिने विमालाई पशुपंक्षी तथा कृषि विमाभनिन्छ ।

कृषि तथा पशुपालमा लागेका कृषक तथा व्यवसायीका लागि यो विमा उत्तम हुने उहाको भनाइ थियो ।पशुपंक्षी तथा कृषि विमामा कृषि क्षेत्रलाई विस्तार एवम् प्रवद्र्धन गर्ने, कृषकहरुको काबु भन्दा बाहिरको परिस्थितीबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गरी कृषकहरुलाई व्यवसायिक खेती तर्फ आकर्षित गर्न सहयोग गर्ने, कृषि क्षेत्रमा नीजि तथा सहकारी क्षेत्रको लगानी आकर्षित गर्ने, कृषि क्षेत्रमा लगानीलाई प्रोत्साहन गर्ने, कृषि उत्पादनलाई वृद्धि गरी आयातलाई प्रतिस्थापन गर्ने प्रमुुख उदेश्यहरु रहेका छन् ।

बाली तथा पशुपालनमा लागेका किसानहरु बिपन्न बर्गका हुने हुनाले र यस्तो विमाको दरलाई राज्यले सस्तो बनाउन प्रोत्साहन दिने हुनाले यसलाई अधिकांश देशले लघु विमा  अन्तर्गत राखी बिस्तार गर्ने कोशिस गरिरहेका छन् ।

merokhabarsathi

Read Previous

शाहरुख खानकी छोरी सुहाना खान सर्ट फिल्मबाट डेब्यु गर्दै

Read Next

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि माडीमा आएको १८ लाख मध्ये १७ लाखको मात्रै काम भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *