शाहरुख खानकी छोरी सुहाना खान सर्ट फिल्मबाट डेब्यु गर्दै

बलिउड  नायक शाहरुख खानकी छोरी सुहाना खान सर्ट फिल्मबाट डेब्यु गर्ने भएकी छिन् ।  सुहाना खानले डेब्यू गर्ने फिल्मको पोस्टर सार्वजनिक भैसकेको छ ।

पोस्टरका  अनुसार उक्त फिल्म एउटा सर्ट फिल्म हुनेछ । उक्त सर्ट फिल्मको नाम हो ‘द ग्रेट पार्ट अफ ब्लू’ । उक्त फिल्मको पोस्टरमा सुहानाको पोट्रेट तस्वीर देखिन्छ । उनले नीलो रंगको जिन्स तथा कालो ज्याकेट लगाएकी छिन् । त्यसका साथमा उनले कपाल पनि बाँधेकी छिन् र कसैलाई हेरेर मुस्कुराइरहेकी छिन् । सुहानाको उक्त फिल्मलाई उनकै क्लासमेट थियोडोर जिमेनोले निर्देश्ान गरेका हुन् । सुहानाको पोस्टरका अतिरिक्त फिल्मको अर्को एउटा पोस्टर पनि सार्वजनिक गरिएको छ, जसमा रोबिन गोन्नेल्ला उनको सह-कलाकारको रुपमा देखिने छन् ।

merokhabarsathi

Read Previous

त्रिशूली नदीबाट बस निकालीयो, पाँचजनाको शव भेटियो, २४ अझै बेपत्ता

Read Next

माडी नगरपालिकाले पशुपंक्षी तथा कृषि विमामा अनुदान दिदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *