सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा पाँच जनाको शव भेटिएको छ भने १६ जना घाइते भएका छन्।
दुर्घटनामा घाइते भएका १६ जनालाई उद्धार गरेर अस्पताल लगिएको छ । बसमा सवार मध्ये २४ जना अझै बेपत्ता रहेका प्रहरीले जनाएको छ । उनीहरुको खोजी भइरहेको छ । नदीमा खसेको बसलाई क्रेनमार्फत बाहिर निकालिएको छ ।
सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ७४६९ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान ३ बजे त्रिशूली नदीमा खसेको हो ।