Breaking News :

माइत आएकी एक महिलाको इनारमा खसेर मृत्‍यु

सांकेतिक तस्बिर

चितवनमा इनारमा खसेर एक महिलाको ज्यान गएको छ । भरतपुर महानगरपालिका ९ आदर्शचोकमा आज (बिहीवार)  बिहान करिब ६:२५ बजे कपडा सुकाउने डोरी मिलाउन इनारमाथी चढेकी महिला इनारको ढकनी भाचिएर इनारमा खसेकि हुन्।

नवलपुर गैंडाकोट घर भएकी ४० बर्षिय ईन्द्रकला भुषालको माइतको इनारमा खसेर ज्यान गएको हो। भुषाल इनारमा खसेको खबर प्राप्त गर्ना साथ प्रहरी नायब उपरिक्षकको कमाण्डमा टोली घटना स्थल तर्फ पुगेको थियो ।इनारमा खसेकी महिलालाई प्रहरी निरिक्षक बिरेन्द्र गुरुङले उद्दार गरेका थिए ।

इनारबाट उद्दार गरी भुषाललाई उपचारको लागि भरतपुर सरकारी अस्पातलमा लगिएको थियो । तर अस्पातलले बिहान ८:५० बजे उनको मृत्‍यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यलय चितवनका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक एक नारायण कोइरालले जानकारी दिए ।

merokhabarsathi

Read Previous

युवा दिवसको अवसरमा बेटर चितवनको युथवन, भोलि देखि सुरु

Read Next

त्रिशूली नदीबाट बस निकालीयो, पाँचजनाको शव भेटियो, २४ अझै बेपत्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *