Breaking News :

त्रिशूली नदीमा बस खस्दा ४ जनाको मृत्यु, १६ जना घाइते अन्य बेपात्ता

सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ७४६९ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान ३ बजे त्रिशूली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि घाइते भएका १६  जनालाई उद्धार गरेर अस्पताल लगिएको छ। कति जना बेपत्ता छन् भन्ने यकिन नभएको र बेपत्ताको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ। बिहानमा दुर्घटना भएको हुदा चालक निदाएकोले दुर्घटना हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

अहिले घटनास्थलमा स्थानीय बासिन्दासहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू उद्धारमा खटिएका छन् ।

merokhabarsathi

Read Previous

राष्ट्रिय खुला मैत्री तेक्वान्दो चितवनमा हुने, उत्कृष्ट पाँच खेलाडीले अमेरिकामा खेल्न पाउने

Read Next

युवा दिवसको अवसरमा बेटर चितवनको युथवन, भोलि देखि सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *