Breaking News :

बालुवाटारको सुविसु इन्टरनेटको कार्यालयमा आगलागी

बालुवाटारको सुविसु इन्टरनेटको कार्यालयमा आगलागी भएको छ।

जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार २ हजार लिटर पेट्रोल भण्डारण गरेको ठाउँबाट आगो सल्किएको हो ।

आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएको छ ।

पुरानो घरमा आगलागी भएको हो । आगलागी भएको घरमा मानिस थिए या थिएनन् वा भएको भए उनीहरुको अवस्था के छ भन्ने थाहा भएको छैन ।

merokhabarsathi

Read Previous

मृत पत्रकार पुडासैनिको सम्बन्धमा अनुसन्धानलाई प्रभावित पार्ने समाचार प्रति प्रहरीको गम्भिर ध्यानाकर्षण

Read Next

राष्ट्रिय खुला मैत्री तेक्वान्दो चितवनमा हुने, उत्कृष्ट पाँच खेलाडीले अमेरिकामा खेल्न पाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *