अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
जिल्ला प्रहरी कार्यालय चितवनले माउण्टेन टेलिभिजनका मृत पत्रकार शालिकराम पुडासैनिको सम्बन्धमा विभिन्न अनलाईन संचार माध्यम तथा सामाजिक संजालमा अनुसन्धानलाई प्रभावित पार्ने गरी प्रकाशित अफवा पूर्ण समाचार तथा टिप्पणी प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
४/२० गते शालिकराम पुडासैनिको शव भरतपुर माहानगरपालिका वडानम्वर १ पोखरा वसपार्क स्थित होटल कंगारुको कोठानम्बर २०२ मा झुण्डीएको अवस्थामा फेला परेको थियो। सोहि बिषयलाई लिएर विभिन्न अनलाईन संचार माध्यममा प्रकाशित समाचार तथा टिप्पणीका विषयमा चितवन प्रहरीले ध्यानाकर्षण भएको बताएको हो।
सो घटना संम्बन्धमा जिल्ला प्रहरी कार्यालय चितवनबाट अनुसन्धान सुरु भैसकेको र हालसम्म घटना स्थल अनुशन्धान पश्चात शवा परिक्षणका लागि त्रिभुवन विश्वविधालय शिक्षण अस्पताल माहाराजगंज काठमाण्डौ पठाएको अन्य अनुसन्धान कार्य जारी रहेको प्रेसविज्ञप्ती मार्फत जानकारी गराएको छ ।