भारतीय जनता पार्टीकी वरिष्ठ नेता एवं भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ। कार्डिएक अरेस्टका कारण उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उनको मंगलबार राति दिल्ली स्थित एम्स अस्पतालमा निधन भएको हो । कार्डिएक अरेस्ट हुने बित्तिकै उनलाई अस्पताल लगिएको भए पनि डाक्टरले बचाउन सकेनन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री तथा भाजपा अध्यक्ष अमित शाह, भारतीय कांग्रेस तथा कांग्रेस नेता राहुल गान्धीसहितको उनको निधनमा दुःख व्यक्त गरेका छन् । राहुल गान्धीले स्वराज एक कुशल राजनीतिज्ञ र प्रखर वक्ता रहेको बताएका छन् ।
सुषमाको बुधबार अपराहन्न अन्तिम संस्कार गर्ने तयारी छ । त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव राखिने छ ।