अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
‘मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल २०१९’ को चितवनमा पनि अडिसन हुने भएको छ। देशका मुख्य मुख्य शहरहरुमा अडिसन भईरहेको ‘मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल २०१९’ को चितवन अडिसन आगामी २४ गते शुक्रबार चितवनको धावन रिकृयसन एण्ड पार्टी प्यालेस जागृतीचोकमा हुन लागेको हो।
प्रतियोगिताको चितवन अडिसनको व्यवस्थापन कर्मा एभेन्ट्सले गर्नेछ । अडिसन बिहान ११ बजेबाट शुरु हुने कर्मा इभेन्ट्सका सिईओ समिर रायमाझीले जानकारी दिए । चितवन अडिसनको निर्णायकमा मिस्टर नेपाल वर्ल्ड २०१८ बिकल्पराज श्रेष्ठ सँगै इशा प्रधान र बिनेश थापा रहनेछन् । अडिसनमा सहभागीता हुनका लागि न्युनतम ५.४ इन्च उचाई र प्लस २ उतिर्ण हुनुपर्ने निर्णायक बिकल्पराज श्रेष्ठले जानकारी दिए ।
यो वर्ष देखि अडिसनको लागि देशव्यापी रुपमा जाने योजना अनुरुप पोखरा, धरान र बुटवलमा १८ गते शनिबार अडिसन सम्पन्न भईसकेको छ भने चितवनमा साउन २४ गते शुक्रबार र काठमाडौँ मा साउन २७ गते सोमबार अडिसन राखिएको ग्रुप अफ इभेन्ट इन्टरटेनर्सका अध्यक्ष अनुप सक्सेनाले बताए । सबै अडिसन पछि साउन ३० बाट प्रशिक्षण सुरु गरिनेछ ।
मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल २०१९ को बिजेताले फिलिपिन्समा हुने ५१ औं मिस एसिया प्यासिफिक इन्टरनेशनल २०१९ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउनेछन् । मिस एसिया प्यासिफिक इन्टरनेशनल फिलिपिन्सको मनिलामा सेप्टेम्बर २५ देखि १० अक्टोवर सम्म हुनेछ । यस्तै बिजेताले नगद २५ हजार सँगै २ लाख बराबरको अन्य पुरस्कारहरु पनि प्राप्त गर्नेछ ।
त्यस्तै फर्स्ट रनरअपले १ लाख २५ हजार बराबरको पुरस्कार संगै रु १५ हजार नगद पुरस्कार र मिस टुरिजम क्विन इन्टरनेशनल २०१९ मा सहभागीता जनाउन पाउने छन् भने सेकेन्ड रनर अपले १ लाख १० हजार बराबरको पुरस्कार संगै दक्षिण कोरियामा आयोजना हुने मिस ग्लोबल ब्युटी क्वीन २०१९ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।