Breaking News :

पत्रकार पुडासैनीले आत्महत्या गरेको नभई हत्या भएको मृतकको परिवारको दाबी, शव बुझ्न मानेनन्

नारायणगढको कंगारु होटलमा मृत फेला परेका पत्रकार सालिकराम पुडासैनीले आत्महत्या गरेको नभई हत्या भएको मृतकको परिवारले दाबी गरेका छन् । भने परिवारले शव बुझ्न मानेका छैनन्।

प्रहरीले शवको मुचुल्का उठाए पनि परिवारको अडानका कारण शव उठ्न नसकेको हो। सालिकरामका भाई राजु पुडासैनीले आत्महत्या नभई कसैले षड्यन्त्रपूर्वक हत्या गरेको हुन सक्ने बताएका हुन् । उनले भने, ‘एउटा खुट्टा खाटमाथि टेकिएको छ, शरीरमा चोटपटक लागेको छ। यो आत्माहत्या कसरि हुन्छ? झुण्डिएको मानिसको शरीरमा कसरि चोट लाग्छ? यो हत्या नै हो भनेका छन्। उनले सत्यतथ्य पत्ता लगाएर दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गरेका छन् । सत्यतथ्य बाहिर नआउञ्जेल शव नबुझ्ने आफन्तजनले बताएका छन्। जब सम्म हत्या होकी आत्महत्या होभनेर पुष्टि हुदैन तव सम्म हामी शव बुज्दैनौ परिवारले बताएका छन्।

माउण्टेन टिभीमा कार्यरत पत्रकार सालिकराम सोमबार राति कोठाभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नारायणगढ बसपार्कमा रहेको होटल कंगारुको २०२ नम्बर कोठामा मृत फेला परेका हुन्।

merokhabarsathi

Read Previous

चितवनमा भ्रमण वर्ष २०२० को तयारी शुरु

Read Next

मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल को चितवन अडिसन २४ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *