Breaking News :

माउण्टेन टिभीका पत्रकार शालिकराम पुडासैन मृत भेटिए

माउण्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैन मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् ।

उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नम्बर कोठामा बास बसेका थिए । खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र आवाज नदिएपछि राती १० बजे प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए। उनि मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए । यसअघि उनि न्यूज–२४ को सिधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका थिए ।

merokhabarsathi

Read Previous

फेसबुकमा ‘अर्को जुनीमा भेटौँला’ लेख्दै मृत्यु लाई अगाल्न पुगे युवक

Read Next

चितवनमा भ्रमण वर्ष २०२० को तयारी शुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *