Breaking News :

फेसबुकमा ‘अर्को जुनीमा भेटौँला’ लेख्दै मृत्यु लाई अगाल्न पुगे युवक

११ कक्षामा पढ्दै गरेका दुर्घटनामा परेर एक खुट्टा गुमाएका तर दुःखलाई जित्दै अरुका लागि प्रेरणा भएर बाँचिरहेका एक १९ वर्षीय किशोर युवक लामाले फेसबुकमा स्टाटस हाल्दै मृत्यु लाई अगाल्न पुगेका छन् ।

आइतबार मध्याह्न १२ बजेर ४५ मिनेटमा उनले आफ्नो सेल्फी फेसबुकमा राखी सबैले बिर्सिदिए पुग्छ मलाई यो जिन्दगीमा अर्को जुनीमा भेटौँला भनि स्टाटस राखेका थिए। त्यसको केहि समयपछी ललितपुरको हात्तीवनस्थित कोठामा झुण्डिएको अवस्थामा फेला परे।

१९ वर्षीय किशोर अर्को जुनीमा भेट्ने बाचा सहित यो संसारबाट बिदा भएका छन्।  एक खुट्टाकै भरमा साइकल चलाएर लामो यात्रा गरेर सबैका प्रेरणा बन्न सफल लामाका फेसबुक पोस्टहरु हेर्दा केही दिनदेखि उनले पीडा पोखिरहेको देख्न सकिन्छ। हिजोमात्रै राति उनले लेखेका थिए- जिन्दगी हरेक दिन उस्तै नहुदोरैछ। कहिले उदाएको घाम जस्तै त कहिले अस्ताउन लागेको सूर्य जस्तै। शुक्रबार पनि उनले लेखेका थिए- अजिबको छ मेरो एक्लोपन न खुशी छु, न उदास छु, बस। खाली छु खामोस् छु।

merokhabarsathi

Read Previous

आज साउनको तेस्रो सोमबार,देवघाटमा भक्तजनको घुइँचो

Read Next

माउण्टेन टिभीका पत्रकार शालिकराम पुडासैन मृत भेटिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *