अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
आज साउनको तेस्रो सोमबार देश भर कै शिब मन्दिरमा बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । आज बिहानै देखि देवघाटमा पनि भक्तजन पूजा एवं दर्शनका लागि लाइनमा बसेको देवघाट क्षेत्र विकास कोषले जनाएको छ ।
भगवान शिवको प्रिय बार भएकाले पानि पानीमा पनि तेस्रो साउने सोमबार देवघाट शिवालयमा पूजा, दर्शन एवं जल चढाउनेको भिड लागेको छ।
देवघाट, पशुपतिनाथसँगै देशभरका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउन बोलबम यात्रा पनि हुने गर्छ ।
साउनको सोमबार व्रत बसी भगवान शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।