Breaking News :

पूर्वराजाको पुस्तक बिक्रीको रकम हिमानी ट्रस्टलाई

आफ्नो स्थापना कालदेखि नै सामाजिक कार्यमा सक्रिय हुँदै आइरहेको पूर्व युवराज्ञी हिमानी शाहको नाममा स्थापित हिमानी कोषले ‘दैवी उद्धार कोष’ खडा गर्ने भएको छ।

पूर्व राजपरिवार सदस्य हिमानीले आफ्ना सामाजिक काम हिमानी ट्रस्टमार्फत् सञ्चालन गर्दै आएकी छिन्। यसअघि २०७२ को भूकम्पका पीडितहरुलाई पनि ट्रस्टले राहत वितरण गरेको थियो।

पत्रकार सम्मेलनमा उनले पूर्व राजा ज्ञानेन्द्र शाहका सन्देशहरुको संग्रह पुस्तक समेत सार्वजनिक गरिन्। सो पुस्तकबाट आउने रोयल्टी उद्धार कोषमा जम्मा हुने जानकारी पत्रकार सम्मेलनमा दिइयो।

पुस्तकमा ज्ञानेन्द्र शाहका २०५८ देखि २०७६ सम्मका सन्देशहरु छन्।

पूर्वराजाले यो पुस्तक ५०० प्रति ट्रस्टलाई उपलब्ध गराएका छन्। बिक्रीबाट प्राप्त हुने रकम ट्रस्टमा जम्मा हुनेछ। दैवी प्रकोप उद्धार कोषमा ट्रस्टलाई सहयोग गर्न उनले सबैमा आग्रह गरेकी छिन्।

merokhabarsathi

Read Previous

तीन वर्ष जेल बसेका गिरीको फोनबाटै असुली धन्दा,भारत बसेर नेपाली व्यवसायीलाई धम्की

Read Next

आज नागपञ्चमी, यसकारण गरिन्छ नाग पूजा

Leave a Reply

Your email address will not be published. Required fields are marked *