Breaking News :

तीन वर्ष जेल बसेका गिरीको फोनबाटै असुली धन्दा,भारत बसेर नेपाली व्यवसायीलाई धम्की

भारतको विभिन्न शहरमा बसेर नेपाली व्यवसायीलाई मोबाइल फोनबाट धम्क्याई ७५ लाख रुपैयाँ माग गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–२४ बस्ने ३० वर्षीय उदय गिरीलाई पक्राउ गरेको छ।

विभिन्न मितिमा नेपाली तथा भारतीय मोबाइल नम्बरहरू प्रयोग गरी भारतबाट समेत फोन गरी बिभिन्न व्यक्तिहरूलाई धम्क्याई उक्त रकम माग गरेको प्रहरीले जनाएको छ।

महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनलाई ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो।

गिरी यसअघि हातहतियार तथा खरखजना मुद्दामा ३ वर्ष जेल भुक्तान गरी छुटेको खुल्न आएको र निज उपर थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

merokhabarsathi

Read Previous

सुनको मूल्य अहिलेसम्मकै महँगो

Read Next

पूर्वराजाको पुस्तक बिक्रीको रकम हिमानी ट्रस्टलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *