Breaking News :

सुनको मूल्य अहिलेसम्मकै महँगो

सुनको मूल्य उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँले बढेर ६६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाला सुनको मूल्य तोलामा ६५ हजार रुपैयाँ थियो।

यस्तै तेजाबी सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँले बढेर ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्य अहिलेसम्मकै उच्च पुगेको हो । आइतबार कायम भएको मूल्यले शुक्रबारको उच्च मूल्यलाई उछिनेको हो ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर सात सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

merokhabarsathi

Read Previous

एतिहाँसिक पर्यटकीय गन्तव्य भएरपनि माडी क्षेत्र ओझेलमा

Read Next

तीन वर्ष जेल बसेका गिरीको फोनबाटै असुली धन्दा,भारत बसेर नेपाली व्यवसायीलाई धम्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *