अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि आज सिंगापुर प्रस्थान गर्ने भएका छन्।
उनलाई चिकित्सकले आराम गर्न र थप उपचारका लागि सल्लाह दिएपछि उनी सिंगापुर जान लागेका हुन् । प्रधानमन्त्री आज बेलुका ९.४५ बजे सिल्क एयरबाट यात्रा गर्नेछन् । सिंगापुरमा प्रधानमन्त्रीले नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराउँनेछन् ।
गत शुक्रबार छाउनीमा उपचार गराएका प्रधानमन्त्रीको रगतमा क्रिएटिनिनको मात्रा बढेको भन्दै चिकित्सक कै सल्लाह अनुसार उनी सिंगापुर जान लागेका हुन् । प्रधानमन्त्री एक सातासम्म उतै बस्ने भएका छन् ।